संरक्षित सुन कछुवासहित ४ जना पक्राउ

काठमाडौँ। प्रहरीले सोल्टीमोडबाट संरक्षित सुन कछुवासहित ४ जना पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको सूचनाका आधारमा पुगेर जिउँदो सुन कछुवासहित उनीहरू]लाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन्। उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी आफैं ग्राहक बनेर उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले ८० लाख रुपैयाँमा सुन कछुवा बिक्री गर्ने सहमति गरेका थिए। पक्राउ परेकाहरूले महङ्गो मूल्यमा उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन्। पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×