पर्याप्त अनुगमन नहुँदा किसानलाई मलखाद र अनुदान अभाव

काठमाडौँ - कृषिमा आधुनिकीकरण गर्ने सरकारी योजना कचनकबल जस्तो दुर्गम पालिकामा सफलतापूर्वक प्रयोग भइरहँदा पनि कतिपय किसानहरू असन्तुष्ट छन्।

सरकारी योजनाअनुसार काम अघि बढिरहेको भए पनि किसानका अनुभव र उपलब्धिका बारेमा पर्याप्त खोजी र अनुगमन नगरिएको हुँदा किसानका कतिपय कठिनाइको भने सम्बोधन हुन नसकेको हो। खासगरी सिंञ्चाइका लागि परियोजनाले दिएका सोलार सिँञ्चाइका उपकरण अत्यन्त न्यून भएको र मलखादको उचित व्यवस्था नभएको किसानको साझा गुनासो छ । भारतबाट चोरी बाटो हुँदै मलखाद भित्र्याउनु परेको किसान बताउँछन्। उनीहरुले किसानले मागेजति सोलार उपकरण र मोटर सिँञ्चाइ उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। मोटर सिँञ्चाइमा प्रयोग हुने विद्युत् महसुल निःशुल्क गरिदिनसमेत किसानको माग छ।

धान सुपरजोन लागू भएपछि यस क्षेत्रमा धानको बर्खे र हिउँदे उत्पादन ह्वात्तै बढेको छ। धान सुकाउने ड्रायर मेसिनको अभावले गर्दा हिउँदे धानमा क्षति पुग्ने र एकैपटकमा धेरै मात्रामा उत्पादन भएको बेला किसानले धानको उचित मूल्य नपाउने गरेको देखिएको छ। सरकारले तोकिदिएको समर्थन मूल्य यहाँ लागू भएको छैन। सुरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुँदा त्यसको प्रमुख मेघनाथ तिम्सिनाले किसानको खेतखेतमा पुगेर यान्त्रिकीकरण गर्न हौसला दिने गरेको स्थानीय किसान सम्झिन्छन्।

तर, पछिल्ला दिनमा सरकारले उपकरण वितरणमा अनुदान कटौती गर्दै लगेको र पुराना मेसिनको मर्मत सम्भारको व्यवस्था नमिलाएको किसान गुनासो सुनाउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×