वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० शृङ्खला भारतलाई

काठमाडौँ - वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० शृङ्खला पाहुना टोली भारतले जितेको छ। गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो। वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाएका थिए।

भारतका अर्शदीप सिंहले ३ विकेट लिएका थिए। त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

उसका लागि ऋषव पन्तले ४४ रन बनाए। कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहँदै ३० रन जोडेका थिए।

वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २/२ विकेट लिएका थिए। जितसँगै ४ खेलमा भारतले ३-१ को अग्रता बनाएको छ। पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो। त्यस्तै दोस्रो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो।

तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो। भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी-२० खेल आज हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×