काठमाडौँ- आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ। केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे छ।
प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अरु ठाउँमा भने मौसम सामान्यता सफा नै रहेको तथा आज दिउँसो र राति पनि मौसम सफा रहने महाशाखाले जनाएको छ।