द भ्वाइसले पायो अन्तिम ४ प्रतिस्पर्धी, बाहिरिए आशिष महर र रिहान गिरी

काठमाडौँ - गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को फाइनल चारको समीकरण पूरा भएको छ। शनिबार राति भएको एपिसोडबाट चौथो सिजनको ‘द भ्वाइस अफ नेपाल’का अन्तिम चार जनाको टुंगो लागेको छ।

अन्तिम ४ मा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेशपायल राईको टिमबाट सविना लिम्बू र प्रविशा अधिकारीको टिमबाट साहिल लिम्बु पुगेका छन्। यी ४ जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

शनिबार राति भएको एपिसोडबाट आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। आशिष ‘द भ्वाइस’बाट बाहिरिएपछि धेरैले प्रतिभाको कदर नभएको भन्दै अलोचना गरिरहेका छन्।

शनिबार भएको प्रतिस्पर्धामा भ्वाइसका पूर्वविजेता किरण गजमेर पनि उपस्थित भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×