सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सानेपा क्लबको लगातार दोस्रो जित

काठमाडौ- सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सानेपा क्लबले लगातार दोस्रो जित निकालेको छ।

 एन्फा कप्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले हराउदै सानेपाले जित हात पारेको हो। दुवै गोल खेमराज तामाङले गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए।

खेलको १२ औं मिनेटमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाएका थिए। र थप गरिएको समयमा खेमले व्यक्तिगत दोस्रो गोल गर्दै सानेपालाई २–० को सहज जित दिलाए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सानेपाले दुई खेलमा ६ अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको पुल्चोक अंकविहीन छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×