रियल म्याड्रिडविरुद्ध सर्जियो रामोस खेल्ने नखेल्नेमा शंका

काठमाडौँ। रियल म्याड्रिडविरुद्ध दुई साता पछि हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सर्जियो रामोस खेल्ने नखेल्नेमा शंका बढेको छ।

पिडौलामा लागेको चोटका कारण पूर्व क्लब रियलविरुद्ध उनले खेल्नेमा शंका बढेको हो। यद्दपी आउने दिनमा उनको फिटेनसको अवस्था हेरेर खेल्ने नखेल्ने निर्णय लिइने बताइएको छ।

चोटका कारण रामोसले प्रशिक्षण गुमाएको पिएसजीले आइतबार जानाएको छ। बिहीबारको प्रशिक्षणमा रामोसको दायाँ पिडौलामा चोट लागेको छ, साताको मध्यममा उनको चोटको अवस्थाका बारेमा जानकारी गराइनेछ, पिएसजीले विज्ञप्तीमार्फत भनेको छ।

पिएसजीका प्रशिक्षका माउरिसियो पोचेटिनोले रामोसको बारेमा धेरै बताउने अवस्था नभएको बताएका छन्। ‘हामीलाई त्यस्तो खालेको चोटको बारेमा थहा छ। दिन दिनै हुने प्रगतिका बारेमा हेरिनेछ, उनले भने,‘ ठिक हुन कति समय लाग्छ अहिले भन्न कठिन छ। अहिले उनी प्रशिक्षणमा सामेल हुने छैनन्।

फ्रेन्च टोलीमा अन्य खेलाडी पनि चोटग्रस्त छन्। चोटमुक्त हुने क्रममा रहेको नेयमारको फिटनेस परिक्षण हुनेछ। त्यस्तै मांशपेशीमा समस्याबाट जर्जियानो विज्नाल्डुमले केहि राहत मिलेको छ। उनी टोलीमा सामेल भएका छन्। सोमबार नाइसविरुद्ध हुने खेलमा लियोनल मेस्सी खेल्ने प्रशिक्षक पोचेटिनोले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×