साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिप: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ - २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ।

नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

आइतबारको खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने संभावना कठिन बनेको हो। प्रतियोगितामा सहभागी ५ टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×