एनसेल शेयर विक्री कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

काठमाडौं - उच्च अदालत पाटनले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी विवरणको अभिलेख नगर्ने सरोकारवाला निकायलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको संयुक्त इजलासले एनसेलको शेयर खरिद बिक्रीका विषयमा मंसिर २१ मा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

एनसेल आजियाटाले ८० प्रतिशत स्वामित्व रहेको रेनल्ड होल्डिङको सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो । त्यसविरुद्ध बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×