स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा

काठमाडौँ - बलियो टिम स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो। ३ खेल खेलेको जापानले ६ अंक जोडेको छ।

बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। जापानको जितमा रित्सु डोन र एओ टानकाले १-१ गोल गरेका थिए। स्पेनका लागि अल्भारो मोराटाले १ गोल फर्काएका थिए।

सुरुवाती अग्रता लिएको स्पेनविरुद्ध जापानले खेल उल्टाएको हो। खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछाडि परेको जापान दोस्रो हाफमा पुनरागमन गर्दै विजयी भएको हो।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा फर्काएका थिए। थप १ गोल खेलको ५१ औं मिनेटमा टानकाले गरेका थिए।

जापानसँग पराजित भए पनि ३ खेलमा ४ अंक जोडेको स्पेन यो समूहको उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×