घोडाघोडी ताल संरक्षणको दायित्व सबैको हो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम - सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी ताल संरक्षणको दायित्व सबैको भएको बताएका छन्। कैलालीको घोडाघोडीमा आज आयोजित घोडाघोडी बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा कार्यक्रममा उनले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको बताए।

उनले घोषणा गरेरमात्रै नहुने भन्दै विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई संरक्षण गर्न सबैको दायित्व रहेको बताए। घोडाघोडी धार्मिक र प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यसको ऐतिहासिकता बचाउने गरी संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो।  

कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणाले चराको संरक्षण र पर्यटन विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।  

घोडाघोडी नगरपालिका मातहतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी तालसहितको घोडाघोडी सिमसार क्षेत्रलाई बर्ड सेन्चुरी घोषणा गरेको हो। प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गरिएको जनाइएको छ। विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×