अवैध लागूऔषध सहित चार जना पक्राउ 

काठमाडौं - मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थितसडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित सोही महानगरपालिका–३ बस्ने २१ वर्षीय पदम कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकाउनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको विर्तामोड नगरपालिका–५ किरात चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–१ बस्ने२१ वर्षीय आकाश बिष्ट, २७ वर्षीय टिकाराम दाहाल र२५ वर्षीय चेतन पुलामी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×