भारत-पाक युद्धमा आधारित फिल्म ‘पिप्पा’को टिजर ट्रेलर सार्वजनिक

काठमाडौँ - भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सोमबार भारत-पाक युद्धमा आधारित फिल्म ‘पिप्पा’को टिजर ट्रेलर र प्रदर्शन मिति घोषणा भएको छ।

राजाकृष्ण मेनन निर्देशित र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको छ। अक्षयकुमार स्टारर ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को प्रतीक्षित फिल्म हो।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानसँग युद्ध घोषणा गरेको सन्दर्भ टिजरमा देखाइएको छ। ओस्कार विजेता एआर रहमानको संगीत रहेको फिल्ममा इशान खतार, मृणाल ठाकुर र प्रियांशु पैंयालुको मुख्य भूमिका रहेको छ।

भारतीय सेनाका बिग्रेडियर बलराम मेहताद्वारा लिखित पुस्तक ‘द बर्निङ चफिज’मा फिल्म आधारित रहेको छ। फिल्ममा मेहताले सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धको बेला भारतको पूर्वी क्षेत्रबाट लड्ने सैनिक अधिकृत क्याप्टेन मेहताको भूमिका निर्वाह गरेका छन्।

भारत-पाकिस्तानको यो युद्धले बंगलादेश अलग्गै देशको रुपमा निर्माण भएको थियो। फिल्मको शीर्षक रुसी युद्धपोत पीटी-७६ बाट लिइएको छ। यो युद्धपोतलाई पिप्पा भनेर चिनिन्छ। निर्माता स्क्रेवालाले यो फिल्म सन् १९७१ को पृष्ठभूमिमा निर्माण भएको बताएका छन्। अहिलेसम्म नभनिएको कथालाई आफूहरुले विश्वसामु पस्कन लागेको उनले बताएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×