सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौँ - मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ।

मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको मन्त्री अमनलाल मोदीले जानकारी दिए। सरकारकी प्रवक्ता समेत रहेको सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ।

कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षीया दाहालको निधन भएको थियो। दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×