आँखा अस्पताललाई उपकरण सहयोग

काठमाडौँ - नेपाल नेत्र ज्योति सङ्घले नेपाल रेडक्रस सोसाइटी, सुर्खेत सामुदायिक आँखा अस्पताललाई करिब एक करोड मूल्यका विभिन्न उपकरणहरू प्रदान गरेको छ। सङ्घले अस्पतालको सेवा विस्तारका लागि सिबिएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोगमा आँखा उपचारसम्बन्धी उपकरणहरू प्रदान गरेको हो।

अस्पताल व्यवस्थापनका अनुसार नेत्र ज्योति सङ्घले प्याकेमेट्री, ए–स्क्यान, चश्मा बनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्यूनदृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर उपकरण हस्तान्तरण गर्नुका साथै अस्पताल परिसरमा बाल खेलमैदान, अपाङ्गतामैत्री संरचना निर्माण गरेको हो।

सङ्घका कर्णाली प्रदेश प्रमुख मानबहादुर कुँवरले सुर्खेत आँखा अस्पतालको सेवा स्तरोन्नतिका लागि यसअघि विभिन्न गतिविधिमा सहकार्य भइरहेको बताए। “आँखा शिविर सञ्चालनमा सङ्घले प्राविधिक सहयोग गर्दै आएको छ, गत वर्ष कोरोना महामारीका कारण शिविर सञ्चालन नहुँदा मोतियाविन्दुको समस्या बढेको पाइयो”, उनले भने, “सङ्घले आगामी दिनमा शिविर सञ्चालनमा सहयोग गर्नेछ।”

अस्पतालका व्यस्थापक घनबहादुर थापाले कर्णालीवासीलाई आँखाको सामान्य उपचारका लागि नेपालगञ्ज, काठमाडौँका साथै भारतीय सहर जानुपर्ने बाध्यता हटेको भन्दै सेवा स्तरोन्नतिमा सबै सरोकारवाला निकायको सहयोगको खाँचो औँल्याए। सुर्खेत सामुदायिक आँखा अस्पताल विशेषज्ञ सेवा दिने कर्णाली प्रदेशको एकमात्र आँखा अस्पताल हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×