जुम्ला । जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो । भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको र होस नआएर मृत्यु भएको उनले जानकारी दिए ।
स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस भएकी थिइन् । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आइसियुमा उपचार भए पनि होस नफर्किएर मृत्यु भएको थियो । किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।