उदयपुर। बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ। पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेका कारण उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो।
केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सुले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकामा अत्याधिक चिसो बढेको छ। अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन मुस्किल भएको छ।