भारत। बलिउड अभिनेत्री आलिया भट्टको चलचित्र 'गंगूबाई काठियावाडी' एक पटक पुन: विवादमा फसेको छ। यसपटक बक्स अफिससँग सम्बन्धित कुराले चलचित्र विवादमा मुछिएको हो। यसकाबारेमा अभिनेत्री कंगना रनौतले पनि आफ्नो कुरा राखेकी छिन्। उनले एक पत्रिकाको आधारमा संजय लीला भंसालीको चलचित्र 'गंगूबाई काठियावाडी'ले बक्स अफिससँग मजाक गरेको बताएकी छिन्।
कंगनाले यसो भनिन्।
जबदेखि आलियाको यो चलचित्र आएको छ, तबदेखि नै कंगना र आलियाबिच एक वाद-विवाद चलिरहेको छ। दुवै एक अर्काको बारेमा केहि न केहि भानिरहेका हुन्छन्। केहि दिन अघि कंगनाले आलियाको तारिफ समेत गरेकी थिइन्। तर, अब कंगना फेरी आलियामाथी खनिन थालेकी छिन्। उनले आउटलुक नामक पत्रिकाको ट्वीट शेयर गर्दै लेखेकी छिन् " ए दूधमा पानि त सुनेको थिएँ तर पानिमा दूध..हमम...के बाध्यता थियो होला बिचाराहरुको..।' यसपछी 'गंगूबाई काठियावाडी'को कमाईलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। कोहि आलियाको पक्षमा उभिएका छन् भने कोहि कंगनाको पक्षमा उभिएका छन्। उक्त पत्रिकाको ट्वीटमा चलचित्रको वास्तविक व्यापार बढाएर प्रस्तुत घरिएको बताईएको छ।
Recently, a magnum opus of sorts released starring an acclaimed actress. The #film was touted to be a raging success, but a trade insider says that the weekend #boxoffice collection was portrayed to be double than actual figures@cinematosurvivehttps://t.co/itRzT6lP9Z
— Outlook Magazine (@Outlookindia) March 7, 2022