रियालका समर्थकको एम्बाप्पेविरुद्ध नाराबाजी

काठमाडौँ - स्पेनिस क्लब रियाल मड्रिडका समर्थकले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एम्बाप्पेविरुद्ध नाराबाजी गरेका छन्। च्याम्पियन्स लिगको उपाधि जितेपछि आयोजित विजयी र्‍यालीमा समर्थकले एम्बाप्पेविरुद्ध नाराबाजी गरेका हुन्।

डिफेन्डर तथा कप्तान मार्सेलोले भाषण गरिरहेको समयमा समर्थकले ‘केलियन एम्बाप्पे, सन अफ वीच’ भन्दै नाराबाजी गरेका थिए।

रियालले शनिबार राति इंग्लिस क्लब लिभरपुललाई हराउँदै १४ औंपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो। फ्रेन्च फरवार्ड एम्बाप्पे रियाल नआएपछि समर्थकहरु रिसाएका थिए।

रियालसँग अनुबन्धनका लागि मौखिक कुरा भए पनि एम्बाप्पेले पिएसजीसँगको सम्झौता नवीकरण गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×