काजोलको आगामी फिल्म 'सलाम वेंकी' को ट्रेलर सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेत्री काजोलको आगामी फिल्म 'सलाम वेंकी' को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक ट्रेलरमा उनी बिरामी छोराकी आमाको रुपमा देखिएकी छिन्। उनी आफ्नो छोराको अन्तिम सपना पूरा गर्न संघर्षरत छिन्। छोराको भूमिका विशाल जेठवाले निवार्ह गरेका छन्। फिल्मको ट्रेलरमा अभिनेता आमिर खानलाई पनि देख्न सकिन्छ।

फिल्मलाई तमिलकी अभिनेत्री रेवतीले निर्देशन गरेकी हुन्।

ब्लाइव प्रोडक्सन र आरटेक स्टुडिओको ब्यानरमा बनेको फिल्ममा काजोल र विशालसँगै राहुल बोस, राजिव खंडेलवाल, अहाना कुमरा, प्रकाश राजलगायत कालाकारको अभिनय रहेको छ।

भारतीय सञ्चार माध्यम दैनिक जागरका अनुसार यो फिल्म सत्य घटनामा आधारित रहेको छ। यो फिल्म मंसिर २३ गतेदेखि प्रदर्शन हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×