भारत। बलिउड अभिनेत्री निकिता दत्ता र गायक जुबिन नौटियालबिचको बढ्दो मित्रताले उनीहरुको सम्बन्ध धेरै नजिकको रहेको अनुमान लगाउन थालिएको छ। यसका साथै दुवै चाडै वैवाहिक बन्धनमा बाँधिने अफवाह पनि चल्न थालेको छ। अभिनेत्रीले हालै आफ्नो एक तस्विर शेयर गरेकी थिइन्। जसको क्याप्सनमा उनले लेखेकी थिइन् "मैले आफ्नो अलिकति आत्मा पहाडमा छोडेको छु।" जसमा जुबिनले लेखेका छन् " के तपाई यहाँ पनि आफ्नो मन बिर्सने गर्नुहुन्छ।"
प्रशंसकहरु दुवैबिच चलिरहेको यस्तो कृयाकलापले बिभिन्न अड्कल लगाउन थालेका छन्। यसका अलावा दुवैका परिवारबिच भेट भएको अनुमान पनि लगाईएको छ, किनकी अभिनेत्री उत्तराखण्डमा रहेको जुबिनको घर गएकी थिइन्। जोडीलाई धेरै पटक सार्वजनिक स्थानमा पनि साथमा देखिने गरेको छ।
जुबिन नौटियाल र निकिता दत्ताको भेट चलचित्र कबीर सिंहको छायांकन सेटमा भएको थियो, जहाँ निकिताले चलचित्रमा शाहिदकी प्रेमिकाको भूमिका निभाएकी थिइन् र जुबिनले चर्चित गीत ‘तुझे कितना चाहें’ गाएका थिए।