पाँचखपन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

सङ्खुवासभा - सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी  विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याए। नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुन्। त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाएकी छिन्। 

यता जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याएका छन्। पौडेल यसअघि वडाध्यक्ष थिए। 

उपप्रमुखमा  काँग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी  विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याइन्।  यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख काँग्रेसले जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×