काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आकासे खेती’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक भएको ट्रेलरमा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ आदि कलकारहरुलाई देख्न सकिन्छ। विना मिहिनेत पैसा कमाउने सपना बोकेका युवा तथा तिब्वतियन शरणार्थीको कथा बोकेको चलचित्रमा गौरव, विल्सन, बुद्धिका अलवा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा, शिशिर वाङ्देल आदि कलाकारहरुको अभिनय रहेको छ।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्र फागुन २७बाट प्रदर्शनमा आउँदैछ। उदय सुब्बाको कथा तथा निर्देशन रहेको चलचित्रमा विल्सन बिक्रमको सम्बाद, बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत रहेको छ।
ट्रेलर: