काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनी उपचारत बलम्बुस्थित सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पतालले जनाएको हो।
उनी यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन्।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ।