काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।
मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ। अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन्। नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन्।
चन्द्रमोहन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्।