नेकपा (एकिकृत समाजवादी) पार्टी स्याङ्जा जिल्ला इन्जार्ज र अध्यक्ष सहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार एमालेको केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकिकृत समाजवादी) पार्टी स्याङ्जाका जिल्ला इन्चार्ज महेन्द्र थापा, जिल्ला अध्यक्ष आरसी भट्टराई सहित ४८ जना नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएको नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसले जानकारी दिए ।
जिल्ला अध्यक्ष पारसले नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्याउँदै आएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्याङ्जाका नेताहरु एमालेमा समाहित हुँदा पार्टीलाई थप बल मिलेको बताए ।
उनीहरुलार्ई एमाले प्रवेश गराउन एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्माकुमारी अर्याल, जिल्लाअ अध्यक्ष सूर्यप्रसाद गैरे पारस लगाएतका नेताहरुले विशेष भुमिका खेलेको विशेष स्रोतले बताएको छ ।