पल प्रकरणमा प्रहरीले विज्ञप्ति जारी गर्दै यसो भन्यो

काठमाडौँ। नाबालिग गायिकामाथि करणीको आरोपमा पक्राउ परेका कलाकार पल शाह प्रकरणमा प्रहरीले पीडितको गोपनीयता कायम गर्न आग्रह गरेको छ। प्रहरीको साइबर ब्युरोले शुक्रबार विज्ञप्तिमार्फत यो अनुरोध गरेको हो। 

प्रहरीले त्यसमा संवेदनशील बन्न आग्रह गर्दै ‘पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुऱ्याउने किसिमका प्रवृत्ति देखिएको’ भनेको छ।  प्रहरीले त्यस्ता क्रियाकलाप गरे विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा कारवाही हुने चेतावनी पनि दिएको छ। 

आरोपित पललाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ। तर, सामाजिक सञ्जालमा पीडितको गोपनीयता कायम गरिएको छैन। अनुसन्धानमा नै असर पर्ने काम भइरहेको छ। अनुसन्धान भइरहँदा पीडकको पक्षमा अभिनेत्री पुजा शर्माले सार्वजनिक वक्तव्य दिएर उत्तेजित पार्ने प्रयास भइरहेकाले उनको आलोचना भइरहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×