महिला युरोकप: गिएरोको ह्याट्रिकमा फ्रान्सको सहज जित

काठमाडौँ - फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ।

समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याटि्रक गोल गर्ने पहिलो खेलाडी समेत बनेकी छिन्। फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो।

फ्रान्सले सबैखाले प्रतियोगिता गरि आफ्नो जित यात्रालाई १५ खेल सम्म कायम राखेको छ। खेलको नवौँ मिनेटमा गिएरोको गोलमा फ्रान्सले अग्रता लिएको थियो। त्यसको ३ मिनेटपछि नै म्यारी एन्टोनेटी काटोटाले फ्रान्सको अग्रता दोब्बर पारिन्।

३८औं मिनेटमा डेल्फिने कास्कारिनोले फ्रान्सको अग्रता थप बढाएकी थिइन। त्यसको २ मिनेटपछि गिएरोले फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाएकी थिइन्।

पहिलो हाफको अन्तिम मिनेटमा गिएरोले ह्याट्रिक पूरा गर्दै फ्रान्सको अग्रता ५-० मा पुर्याइन्। ७६औं मिनेटमा इटालीका लागि मार्टिना पाइमोन्टेले सान्त्वना गोल गरेकी थिइन्।

समूह ‘डी’ कै अर्को खेलमा बेल्जियम र आइसल्यान्डले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×