काठमाडौँ- नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग वा राजीनामाको विषय अब समाप्त भएको भन्दै भोलिदेखि नै प्रधानन्यायाधीश बेञ्च बस्न सुरु गर्ने बताएका छन् ।
गए राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीश जबरालाई तुरुन्तै न्याय सेवा आयोगको बैठक बोलाउनसमेत आग्रह गरेका छन् ।
कर्मचारीको वृद्धिविकास रोक्न नहुने उनको भनाई छ । उनले प्रधानन्यायाधीश जबराले प्रशासनिक क्रियाकलाप बढाउनुपर्ने पनि बताए । उनले तुरुन्तै संवैधानिक इजलास पनि गठन गरेर सुनुवाई सुरु गर्नुपर्ने बताएका छन् ।