माइतीबाट रुदै बिदा भइन् अभिनेत्री वर्षा सिवाकोटी

काठमाडौं - प्रेमी आशिष गेलालसँग सुटुक्क विवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटी अहिले किस्ता-किस्तामा बिहेका तस्वीर र भिडियो सेयर गरिरहेकी छिन्। मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेको देखिइन्। उनले सेयर गरेको तस्विर र भिडियोमा उनि रुँदै बिदा भएको देख्न सकिन्छ ।

वर्षा मात्र होइन, बिदाइको क्षणमा आफन्त र परिवारले पनि आँशु खसालेका छन् । खुसी र भावुकताको मुडमा देखिएकी वर्षा ब्राइड लुक्समा आकर्षक देखिएकी छिन्।
शुक्रबार बिहानैदेखि वर्षाको विवाहलाई लिएर चर्चा चलेको थियो। गुपचुप विवाह गरेकी वर्षाको स्वयंवरको तस्वीर सार्वजनिक हुन भने केही समय लागेन। सो दिन बेलुका वर्षा र आशिषले सामाजिक सञ्जालमार्फत विवाहको औपचारिक जानकारी दिएका थिए। सामाजिक सञ्जाल भरि उनको बिहेको चर्चा भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×