सर्वाेच्चमा १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय लागू हुने

काठमाडौँ। सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय लागू गर्ने भएको छ। बिहिबार सर्वोच्च अदालतमा न्यायाधीशको पूर्ण बैठक (फूलकोर्ट) बैठकले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो। 

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि विहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी निर्णय भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गोलाप्रथाबाट पेसी तोक्न राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×