बालुवाटारमा प्रधानमन्त्री र झलनाथबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भएको बताइएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निावास पुगेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठकअघि सम्मानित नेता खनालले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । एकीकृत समाजवादीको सचिवालय बैठक अहिले ११ बजे बस्दैछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×