काठमाडाैँ - इंग्लिस क्लब आर्सनलका फरवार्ड एडी एनकेडियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। आर्सनलले शनिबार फरवार्ड एडीले थप पाँच वर्ष सम्झौता नवीकरण गरेको जनाएको छ।
अब २३ वर्षीय स्ट्राइकर २०२७ सम्म आर्सनलमा रहनेछन्। इंग्ल्यान्डका युवा फरवार्ड एडीले क्लबको प्रतिष्ठित १४ नम्वरको जर्सी प्राप्त गरेका छन्। यो आर्सनलका लेजेन्ड थिएरी हेनरीले प्रयोग गरेका जर्सी हो।
एडीले २०१७ मा आर्सनलको सिनियर टोलीमा डेब्यु गरेका थिए। इंग्ल्यान्डको युवा टोलीमा रहेका एडीले आर्सनलका लागि ९२ खेलमा २३ गोल गरेका छन्।