रौतहट। लागु औषध नाईट्रोभेट ट्याब्लेट सहित रौतहट प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ। गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसभित्र खाजा नास्ता खान बसेको २ जना व्यक्तिले लागु औषध बोकी ल्याएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ४ टिकुलिया बस्ने वर्ष १९ को रोशन कुमार सहनी र सोही ठाउँ का वर्ष २४ को टिन्कु कुमार सिंह रहेकोछन्। उनीहरूको साथबाट २०० पत्तामा तिन हजार ट्याब्लेट लागु औषध नाईट्रोभेट र BR.05AL-4069 नम्बरको मोटरसाइकल बरामद भएको छ।