नवलपरासी पूर्व - देवचुली नगरपालिका–७ मुण्डे एस मोडस्थित सडकमा लु.१ ज ३२७० नम्बरको जिप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा जिपका चालक बौद्धीकाली गाउँपालिका–६ मझडाँडा बस्ने २९ वर्षीय छन बहादुर आले, सोही गाउँपालिका लाहटे बस्ने ५२ वर्षीया कुमारी राना, सोही गाउँपालिका माझडाँडा बस्ने ५५ वर्षीय टेकमान वानटक्की, बुलिङटार गाउँपालिका–४ चुलिवोझ बस्ने १२ वर्षीया करिश्मा ठाडा, ४५ वर्षीया कमला वानटक्की र हाल नाम, थर, वतन नखुलेका १ जना पुरूष गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ मदनपुर बस्ने १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।