काठमाडौँ। 'चुँडेको चंङ्गा' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा विप्लब कँडेलको आवाज, आकाश कँडेलको शब्द, आकाश बराल र विप्लब कँडेलको कम्पोज तथा दीपकराज विश्वकर्माको संयोजन रहेको छ।
जीवन स्वरको निर्देशनमा तयार भएको गीतको भिडियोमा सन्दिप श्रेष्ठ, राधा श्रेष्ठ, घनश्याम जोशी, रोशन शाही, तेजस्वी दाहाल, सन्तोष ढकाल, बिपिन कँडेल र बोधराज धितालको अभिनय रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: