काठमाडौँ - महिलाहरुको महान पर्व तीज नजिकिँदै जाँदा तीज विशेष गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यतिबेला नयाँ-नयाँ तीज गीतले यूट्युब नै रंगिएको छ।
यसैबीच, सोमबार एउटा नयाँ तीज गीत सार्वजनिक भएको छ ‘यो रमाइलो तीजैमा…।’ शम्भूजीत बासकोटाको संगीत तथा उन्नती बोहोरा शीलाका शब्दहरुको उक्त गीतमा गायिका सुनिता दुलालको स्वर सुन्न सकिन्छ।
भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, अञ्जली अधिकारीको साथमा अभिनेता गजित विष्टलाई पनि प्रस्तुत गरिएको छ।
गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनमा बनेको यो भिडियोमा अभिनेता गजित विष्टलाई महिलाको पहिरनमा प्रस्तुत गरेर नचाइएको छ। पशुपति क्षेत्रमा छायाकन गरिएको उक्त भिडियोको उत्तरार्धमा गीतको शब्द अनुसार विष्टले महिलाको भेष धारण गरेर नृत्य गरेका हुन्।