काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आधा घण्टाभरि फोन वार्ता भएको छ।
वार्तामा प्रधानमन्त्री मोदीले नेपालको पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले व्यवस्थापन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन्। साथै, देशले भोगेको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग दिन तयार रहेको धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीले मोदीलाई जन्मदिनको शुभकामना दिँदै नेपालसँगको सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्। मोदीले ट्विटमार्फत वार्ता र नेपालको राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भारतको अटल समर्थन दोहोर्याएका छन्।