उज्यालो जनकपुरधाम अभियानले नगरक्षेत्र झिलीमिली

काठमाडौँ - केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने झिलीमिली देखिन थालिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगरक्षेत्र झिलीमिली बनेको हो। “केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो”, जनकपुरधाम उपमहानगरपालिका–१ का रोशन महतोले भने, “तर अहिले रातिका समय जतिबेला पनि नगरक्षेत्रका सडक उज्यालो हुन्छ, जसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ।” उपमहानगरपालिकाले खम्बाखम्बामा जडान गरेको बत्तीले आफूहरुको बस्ती नै उज्यालो बनेको उनको भनाइ छ।

“पहिलापहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन्”, जनकपुरधाम उपमहानगरपालिका–४ का सहदेव साहले भने, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँडडुल गर्न समस्या भइरहेको थियो।” अब अहिले निर्धक्क भएर २४सैँ घण्टा सडकमा हिँड्दा पनि कुनै समस्या छैन, उनको भनाइ छ। “विगतका वर्षमा साँझ र रातिका समयमा सडक अध्याँरो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, उनले भने, “अहिले नगरक्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ।”

यसबाहेक खम्बाको बत्तीले नगरक्षेत्र नै झिलीमिली बनेको उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×