मे देखि छायांकनमा जाँदै आलियाको डेब्यू हलिउड फिल्म

काठमाडौँ - यतिबेला बलिउड अभिनेत्री आलिया भट्ट करण जोहरको फिल्म 'रकी और रानीकी प्रेम कहानी'को छायांकनमा व्यस्त छिन्। फिल्ममा उनको साथमा रणवीर सिंह देखिदैछन्।  'रकी और रानीकी प्रेम कहानी'को छायांकन सकिएपछि आलिया हलिउड डेब्यू फिल्म 'हर्ट अफ स्टोन'मा काम गर्ने तयारीमा छिन्।

भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार आलिया हलिउड डेब्यू फिल्म 'हर्ट अफ स्टोन'को छायांकन लागि यहि महिनाको बीचमा बेलायत जानेछिन्। उनी मेदेखि अगस्तसम्म टम हार्परको निर्देशनमा बन्ने फिल्मको छायांकनमा व्यस्त हुनेछिन्।

स्पाइ थ्रिलर जनरामा बन्ने फिल्ममा चर्चित हलिउड अभिनेत्री गल गडोट र अभिनेता जेमी डोरनानको मुख्य भूमिका हुनेछ। गल गडोट ‘वन्डर वुमन’ का लागि चर्चित अभिनेत्री हुन्। त्यस्तै जेमी डोरनान 'फिफ्टी सेड्स अफ ग्रे' बाट चर्चामा आएका अभिनेता हुन्।

'स्टुडेन्ट अफ द इयर' बाट बलिउड फिल्मको मुख्य भूमिकामा देखा परेकी आलियाले 'राजी', 'गली ब्वाइ', 'हाइवे', 'गंगुबाइ कठियावाडी' जस्ता फिल्ममा आफ्नो अभिनय दिइसकेकी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×