अस्पतालका प्रमुख आफै सरसफाइमा खट्दै

काठमाडौँ - हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ।

भरतपुर अस्पतालमा एक घण्टासम्म सरसफाइ गरेपछि चिया नास्ता लिँदै अस्पतालका कर्मचारी र प्रमुखबीच सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ। यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर सरसफाइको निरन्तरताका लागि भएको प्रमुख बताउँछन्। कमीकमजोरी पहिचान गर्ने, त्यसको समाधानको खोजी गर्ने मात्रै होइन, सफाइको दीर्घकालीन समाधानका बारेमा पनि छलफल चल्ने गर्दछ। गत वर्षबाट सुरु भएको यस अभियानमा अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, मेसु प्रा. डा. कृष्णप्रसाद पौडेलसहित अस्पतालका कर्मचारी र विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति हुने गर्दछ। पछिल्ला केही साता मेसु पौडेलको नेतृत्वमा अस्पतालका कर्मचारी मात्रै सहभागी हुँदै आएका छन्।
 
पौडेलले भने, “हामीले यस अभियानलाई निरन्तरता दिएका छौँ, जसले अस्पतालको सरसफाइमा सहयोग पुगेको छ।” आफू स्वयं उपस्थित हुँदा  सरसफाइकर्मी र अन्य कर्मचारीसमेत सक्रिय रूपमा सहभागी हुने गरेको उनको भनाइ छ। पौडेलले अगाडि थपे, “एक दिनको सफाइ मात्रै भएको छैन, सरसफाइकर्मीलाई हौसला पनि मिलेको छ।” सरसफाइका कर्मचारीसँग अन्य समयमा भेट नहुने बताउँदै उनले भने, “उनीहरूको गुनासा सुन्ने, सम्बोधन गर्ने काम यही अभियानबाट भएको छ।” सरसफाइसँगै बसेर चिया नास्ता खाँदा उनीहरूले आफ्ना गुनासा राख्ने अवसर पाएको पौडेलको भनाइ छ। यस अभियानले अस्पताललाई सफा राख्नुपर्छ भन्ने जागरण सिर्जना भएको उनी बताउँछन्।

सरकारी अस्पताल भएकाले सेवाग्राहीले फोहर बिसर्जनलाई महत्व नदिने हुँदा ठाउँठाउँमा फोहर हुने गर्दछ। अभियान सुरु गर्नुअघि अस्पताल फोहर हुने गरेको निकै धेरै गुनासो आउने गरेकोमा केही सम्बोधन भएको पौडेलले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×