काठमाडौँ - काठमाडौं महानगरपालिकाले र्यापर गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ।
महानगरपालिकाले संशोधनसहित पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो।
महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको हो। यमबुद्धको सालिक कुन स्थानमा निर्माण गर्ने भन्ने अझै तय भइसकेको छैन।
नेपाली र्याप गीतमा खुबै चर्चा कमाएका यमबुद्ध पत्नीसहित लण्डनमा बस्दै आएका थिए। वि.सं. २०७३ साल माघमा उनी लण्डनको साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।