प्युठान दुर्घटनामा ८ जनाको निधन भएकोमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीले सो घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको खबरले दुखित बनाएको छ। घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली! उहाँका सबै आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×