रुबीभ्यालीमा गठबन्धनको जित

धादिङ - रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामसिंह तामाङले दुई हजार ७९२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोम्बा घलेले दुई हजार ५९७ मत प्रप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङले दुई हजार ९०३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरे।

थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×