आईपीएल २०२५ : अक्सनका लागि ३५० खेलाडीको सूची सार्वजनिक, १६ डिसेम्बरमा अबुधाबीमा बोली

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का लागि आयोजना हुने अक्सनका लागि ३५० खेलाडीको सूची सार्वजनिक गरिएको छ। मंगलबार जारी गरेको सूचीमा २४० भारतीय र ११० विदेशी खेलाडी समावेश छन्। आगामी डिसेम्बर १६ गते यूएईको अबुधाबीमा आयोजना हुने अक्सनमा फ्रेन्चाइज टोलीहरूले यी खेलाडीहरूमा न्यूनतम मूल्यबाट बढाबढ गर्दै अनुबन्ध गर्नेछन्। आईपीएलका सबै १० फ्रेन्चाइजसँग अहिले मिलेर ७७ खेलाडी अनुबन्ध गर्न बाँकी छ। तीमध्ये ३१ विदेशी खेलाडी अनिवार्य रूपमा समेटिनुपर्नेछ। यसपटकको अक्सनले धेरै युवा खेलाडीदेखि अनुभवी स्टारहरूलाई अवसर दिलाउने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×