धादिङबाट ५ नेताले कांग्रेस महाधिवेशनमा उम्मेदवारी दिने

धादिङ। नेपाली कांग्रेस धादिङका नि वर्तमान सभापति रमेश धमला सहित ५ जनाले कांग्रेसको आशन्न महाधिवेशननमा केन्द्रिय सदस्यका उम्मेदवारी दिनेभएका छन् ।

रमेश धमलाले रामचन्द्र पौडेल समुहबाट केन्द्रिय सदस्यको लागि टिकट सुनिश्चित गरि सकेका छन्, भने पूर्वमन्त्री दिमान पाख्रिन देउवा समुहबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेको स्रोतले जनाएको छ । यस्तै पौडेल समुहबाटै केन्द्रिय सदस्य पदमा उर्मिला थपलियाले पनि उम्मेदवारी दिने तयारीमा छिन् ।

यस्तै गोपाल विश्वकर्मा र कल्पना अधिकारीले पनि महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी दिने बताएका छन् । चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने १४ औँ महाधिवेशनमा मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×