फागुन ७ लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड

काठमाडौँ- फागुन ७ गतेको प्रजातन्त्र दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि मेरुदण्ड बनेकामा जोड दिइएको छ। बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले शनिबार जुम माध्यमबाट आयोजना गरेको कार्यक्रमका वक्ताले देशमा भएका सबै परिवर्तनको जननीका रूपमा फागुन ७ गते रहेको बताए। 

कार्यक्रममा प्रा डा अभि सुवेदीले प्रजातन्त्रमा संविधान, अदालत र सामान्य मान्छेको सम्मान हुनुपर्नेमा त्यस्तो भइरहेको छ कि छैन भन्ने मनन् गर्नुपर्ने बेला भएको बताए।

नागरिकको सेवा गर्ने जिम्मेवारी लिएकाहरु नै हेपाहा बनेको उल्लेख गर्दै उनले मान्छेको इज्जत हुन छाडेपछि प्रजातन्त्र कमजोर हुने अनुभव सुनाए। सो अवसरमा पूर्वराजदूत दिनेश भट्टराईले फागुन ७ गते मुक्ति दिवस भएकाले यस दिनको बिदा काट्ने पूर्ववर्ती सरकारको निर्णय सच्याउन माग गरे।

कार्यक्रममा फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले प्रजातन्त्रको सुदृढीकरणका लागि जिम्मेवारी लिएर बस्नेको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए। कार्यक्रममा रामचन्द्र घिमिरे, देवेन्द्र सुवेदीलगायतले प्रजातान्त्रिक मूल्य, मान्यता विकासमा देखापरेका समस्याका बारेमा चर्चा गर्दै तिनको समाधानका लागि नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×