काठमाडौँ - नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२२ को लाइनअप सार्वजनिक भएको छ। जुन २३ देखि २६ सम्म हुने फेस्टिभल भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुनेछ।
विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’को प्रिमियरसँगै फेस्टिभल सुरु हुने भएको छ। अन्तिम दिन नेपालमा छायांकन गरिएको माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ।
फेस्टिभलमा १२ मुलुकका छोटा र फिचर फिल्म प्रदर्शन हुनेछन्। फेस्टिभल अन्तर्गत फिल्म निर्माता, कलाकार र निर्देशकसँग भर्चुअल छलफल समेत हुनेछ।
यो संस्करणमा अनुप सुवेदी, नीना स्ट्रेइच, रेबेका बस्टमेइन्टी, फरिद बोजोगमेर, पोर्सिया कोब र डेब्राह जोनस जुरीको रुपमा रहनेछन्। फेस्टिभल अवधिभर फिल्मलाई अनलाइन प्लेटफर्ममा समेत हेर्न पाइनेछ।
लाइनअप : फिचर
१. ब्रीक म्युल (नेपाल-बेलायत) २. हल्कारा -द पोस्ट म्यान (नेपाल) ३. अन सेक्रेड ग्राउन्ड (अमेरिका) ४. वान नाइट इन काठमाण्डू (नेपाल) ५. सिंगिङ इन द वाइल्डरनेस (चीन) ६. सिक्स फिट (अमेरिका) ७. ट्याटुड ट्रक्स अफ नेपाल (अमेरिका-नेपाल) ८. द इनर ग्लो (भेनेजुएला) ९. द आइरन डिगर (नेपाल) १०. द हाउस अफ लाइट (क्रोएसिया)
छोटो फिल्म
अन्तक (नेपाल) बार्किङ डग्स (नेपाल) क्राइम सिन (अमेरिका) डास्टर्ड, ट्रेटर एन्ड डग डिभिनेसन (नेपाल) डम्पिप्लङ (चीन) फोबिया (ब्राजिल) गड्स बफेलो (नेपाल) ह्यान्डस अफ अ (भारत) होम (नेपाल-पोर्चुगल) लाइफ इज वान सर्ट (इरान) मिडी (चीन) मेटामर्फोसिस (इरान) नाउहेवयर टु स्केप (अमेरिका) ओसीडी (ट्युनिसिया) इरान (रेस्ट टाइम) रन कार्लोस रन (आर्मेनिया) सिटिङ स्टिल (अमेरिका) स्लिप टाइट(अमेरिका) स्ट्रोंगर (नेपाल-बेलायत) द लिप रिडर (अमेरिका) द स्टाचु (इरान) थ्री थेड्स (अमेरिका-भारत) टिन्डल टाइपराइटर्स (अमेरिका) वाइल्डफायर (नेपाल) ये साम मस्तानी (अमेरिका-भारत) ग्लोबल पिस फिल्म फेस्टिभल गो गो सिटी (अमेरिका) आउट टु भोट (अमेरिका)