काठमाडौँ - इंग्लिस प्रिमियर लिग(ईपीएल) मा आइतबार राति खेल थियो चेल्सी र टोटेनहमको। निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीले पहिलो हाफमै गोल गरेको थियो।
यससँगै टोटेनहम दबाबमा आयो। लन्डन डर्बीमा यी २ टिमको खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने गर्दछ। पहिलो हाफमा अग्रता बनाएपछि चेल्सीका प्रशिक्षक टुचेलले जमेर त्यसको सेलिब्रेसन गरेका थिए।
चेल्सीका गोलकर्ता थिए डिफेन्डर काउबेली पहिलो हाफमा डोमिनेट गर्दै अधिक बल पोसेसन राखेको चेल्सीविरुद्ध टोटेनहमका पियरे इमिली होजबर्जले ६८औं मिनेटमा गोल गरेका थिए। त्यो गोलको उत्सव मनाउन टोटेनहमका प्रशिक्षक एन्टोनी कोन्टे चेल्सीको बेञ्चसम्मै पुगेका थिए।
त्यसै दौरान यी २ प्रशिक्षक जुद्धन पुगे। केही समयको खेल नै प्रभावित भयो। खेलको ७६औं मिनेटमा चेल्सीको रिस जेम्से गोल गरेका थिए। चेल्सीले २-१ को अग्रता बनायो। यता खेलको ६ मिनेट मात्र बाँकी थियो। टोटेहाका ह्यारी केनले हेडमार्फत् गोल रेपछि खेल बराबरीमा रोकियो।
जसै रेफ्रीले खेल सकिएको जनाउमा सिटी फुके कोन्टे र टुचेल हात मिलाउन अघि बढे। त्यसै दोरान कोन्टेले टुचेललाई आफूतिर तानेका थिए। फेरि २ प्रशिक्षकबीच भनाभन सुरु भयो। छुट्याउनेका लागि सुरक्षा गार्ड नै पुग्नुपर्ने भएको थियो। त्यसपछि रेफ्रीले यी २ प्रशिक्षकलाई रेडकार्ड दिएका थिए।
यद्यपि यो बराबरीसँगै टोटेनहम र चेल्सीले समान ४/४ अंक बनाएका छन्।