काठमाडौँ - क्रिकेट इतिहासमै पहिलो पटक आयोजना हुने लागेको द सिक्स्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले पनि खेल्ने भएका छन्।
वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा लामिछाने खेल्ने भएका हुन्। ६० बल (पाँच ओभर) को यो प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न निश्चित भ्एको हो।
प्रतियोगितामा ३० बलको एक इनिङ हुने बताइएको छ भने ६ विकेट आउट भएपछि यसलाई अलआउट मानिनेछ। खेलमा प्रत्येक बलरले २ ओभरमात्र बलिङ गर्न पाउने छ।
जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग सिपिएलका लागि अनुबन्ध गरेको छ। उक्त प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो।